मलेसियाको क्वालालम्पुरबाट नेपाल आउँदै गरेको विमान कोलकातामा अवतरण

   ६ माघ २०७९, शुक्रबार १३:५१  

काठमाडौं, ६ माघ । मलेसियाको क्वालालम्पुरबाट नेपाल आउँदै गरेको विमान काठमाडौंमा अवतरण गर्न नसकेपछि फर्किएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान भारतको कोलकाता पुगेको छ ।
नेपाल एयरलाइन्सको आरए ४१६ विमान काठमाडौंको आकाशमा फन्को मारेर अहिले कोलकातामा अवतरण गरेको छ ।
खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नु नसकेपछि विमान कोलकाता पुगेर अवतरण गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम भएपछि अवतरण गर्न सकेन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै