कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको मत लिदै

   ६ माघ २०७९, शुक्रबार १३:५४  

सुर्खेत, ६ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको मत लिंदै छन् ।
दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिन लागेको छ । राजकुमार शर्माले प्रदेश सभा सचिवालयमा विश्वासको मत लिने पत्र गत मंगलबारको दर्ता गरेका थिए ।
आज बिहान ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्ने प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा पुस २७ गते प्रदेश सभाका पाँचमध्ये चार दलका २५ जना सांसदको समर्थनमा राजकुमार शर्माको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
राजकुमार शर्मालाई नेकपा माओवादी केन्द्रका १३ जना नेकपा एमालेका १० जना राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीका १÷१ जनाको समर्थन भएको छ ।
विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार गर्ने बताउँदै आएका राजकुमार शर्माले सातवटा मन्त्रालयको जिम्मेवारी आफैंले सम्हाल्दै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै