पतिसँग अलग्एिपछि सम्बन्ध सदाका लागि बिर्सन

148 Shares

काठमाडौं, ६ माघ । लस एन्जलसमा पतिसँग अलग्गिएपछि सम्बन्ध सदाका लागि बिर्सन पत्नीले कतिसम्म काम गर्छन् भन्ने उदाहरण कोलम्बियन गायिका साकिरालाई हेरे पुग्छ ।
साकिराले पूर्व पति जेरार्ड पिकेसँग अलग्गिएपछि अहिले जेरार्डकी आमा मोन्टसेराट बर्नाबेउसँग समेत टुटाउन अनौठो उपाय अपनाएकी छिन् ।
मोन्टसेराट बस्ने घर र साकिरा बस्ने सँगै छ । सोहीकारण दुवै परिवारबीचको बोलचाल र सम्बन्धलाई पूर्णविराम लगाउनका लागि साकिराले दुवै घरको बीच भागमा पर्खाल निर्माण गर्न थालेकी छिन् ।
‘वाका वाका’ गायिकाको स्पेनमा रहेको घरको केही क्षेत्र उनको पूर्व परिवारको घरसँग जोडिएको छ । त्यसकारण साकिरा पिकेसँग अलग भएपछि पिकेसँग जोडिएका हरेक कुराबाट अलग हुन चाहेकी छिन् ।

सम्बन्धित समाचार