चिसो छल्न घुरो ताप्ने क्रममा दुर्गा भगवतीमा एक महिला सहित ३ जना घाईते

   ६ माघ २०७९, शुक्रबार १४:०७  

रौतहट, ६ माघ । घुरोबाट आगो ताप्ने क्रममा दुर्गा भगवत गाउँपालिका ३ मत्सरीमा जलेर महिला, नवजात शिशु सहित तिन जना घाईते भएका छन् ।
विहानको चिसो छल्न घुरोको माध्यमबाट शुक्रवार विहान ७ बजेको समयमा आगो ताप्ने क्रममा अजय दासको २० बर्षिया श्रीमती रमिता देखि दास गम्भीर घाईते भएकी छिन् । गम्भीर घाईते महिलाको गौर अस्पतालमा उपचार भईरहेको छ ।
महिला संगै काँखमा रहकी ४ महिनाको नवजात बालिका सन्ध्याकुमारी दास र आगो निभाउन खोज्दा महिलाको देवर विजय दास सामान्य घाईते भए । घाईते तिनै जनाको गौर अस्पतालमा उपचार भईरहेको जानकारी दिदै अस्पतालको आकस्मिक कक्षका प्रमुख पंकज ठाकुरले महिला र अन्य दुई जना घाईतेहरु खतरामुक्त रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै