८ हजार विद्यार्थीहरुले लिए अनुमति पत्र

   ६ माघ २०७९, शुक्रबार १५:५३  

काठमाडौं, ६ माघ । पुस महिनामा वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) करिब ८ हजार विद्यार्थीहरुले लिएका छन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाको तथ्यांक अनुसार पुसमा ७ हजार ८५१ जना विद्यार्थीहरुले विभिन्न देशका लागि वैदेशिक अध्ययन अनुमति पत्र लिएका थिए ।
अष्ट्रेलिया, क्यानडा, दक्षिण कोरिया लगायत ४२ देशका लागि विद्यार्थीले एनओसी लिएका छन् ।
शाखाको अनुसार एनओसीबाट सरकारले १ करोड ६६ लाख बढी राजस्व संकलन गरेको छ । विभिन्न कारणले ८२ जनाको एनओसी रद भएको शाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै