नेपाली कांग्रेसबाट उप सभामुखमा मुक्ता कुमारी यादबलाई उम्मेदवार बनाउने

   ६ माघ २०७९, शुक्रबार १५:५४  

काठमाडौैं, ६ माघ । नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ता कुमारी यादबको उम्मेदवार बनाउने तयारी गरेको छ ।
मुक्ता कुमारी यादवलाई उपसभामुखको उम्मेदवार बनाउनको लागि प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
सभापति शेरबहादुर देउवा निवासमा शुक्रबार विहान बसेको शीर्ष नेताहरुको बैठकमा मुक्ता कुमारी यादवको नाममा सहमति गरेको थियो ।
धनुषाकी यादव समानुपातिक सांसद हुन् । १४ औं महाधिवेशनमा यादवले केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएकी थिइन् । संसद सचिवालयले उपसभामुखको मनोनयन दर्ता गर्ने समय शुक्रबार तोकेको छ । उपसभामुखको चुनाव भोलि हुँदैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै