चीनले कसरी गरिव मुलुकलाई षड्यन्त्रको जालोमा फसाउछ, उदाहरण स्वरुप पोखरा अन्तरराष्ट्रिय विमानस्थल

   ६ माघ २०७९, शुक्रबार १६:३१  

चीनले गरिव मुलुकलाई आर्थिक सहयोगको चंगुलमा कसरी फसाउँछ त्यसको उदाहरणको रुपमा अहिले नेपाललाई लिन सकिन्छ ।
चीन पहिला कुनै पनि देशलाई आर्थिक सहयोग गर्ने नाममा ऋण दिन्छ अनि पछि त्यस देशमा आफ्नो कुटिल वर्चस्व कायम गर्ने षडयन्त्र रच्छ । चीनले श्रीलङ्का र पाकिस्तानमा पनि यस्तै षडयन्त्रलाई कार्यन्वयन गरेको थियो । अब चीनले यस्तै जाल नेपालमा पनि रच्न थालेका छन् ।
किनभने भर्खरै उद्घाटन गरिएको पोखरा विमानस्थलको सन्दर्भमा चिनियाँ सहयोगमा निर्माण भएको भनिएपनि चीनले बिआरआई परियोजना अन्तर्गत भएको जस्ता दिएको बयानले सबैलाई चकित तुल्याइ दिएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई लिएर सुरु भएको विवाद अन्त्य हुने नाम लिएको छैन । भर्खरै आफ्नो पदभार ग्रहण गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ अधिकारीहरूको उपस्थितिमा पोखरा विमानस्थलको उद्घाटन गरे । पोखरा विमानस्थल चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको हो जसको लागत २२ अर्ब रुपैयाँ रहेको छ । यसै क्रममा केपी ओलीको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले चीनलाई हिमालयमा रेल चलाउन निम्तो समेत दिइसकेका छन् । अर्कोतिर नेपाली विशेषज्ञहरूको भनाइअनुसार भारतले आफ्नो व्यवहार परिवर्तन गरेन भने यो विमानस्थल नेपालको घाँटीको पासो बन्न सक्छ ।
यसैबीच चीनले पोखरा विमान स्थल सम्बन्धि दिएको बयानले राजनीतिक पारालाई तत्ताइदिएको छ । चीनले पोखरा विमानस्थल परियोजनालाई ऋणको जाल भनिने बीआरआई परियोजनाको हिस्सा भन्दै जबरजस्ती तनाव बढाएको छ । चीनले आफ्नो महत्वाकांक्षी बेल्ट एन्ड रोड परियोजना अन्तर्गत यो विमानस्थल बनाएको दाबी गरेको छ, तर नेपालले चीनसँग त्यस्तो कुनै सम्झौता नभएको स्पष्टीकरण दिएको छ । यति मात्र होइन, नेपालले चीनसँग यो परियोजनाका लागि दिएको रकम ‘ऋण’ को सट्टा सहयोगमा परिणत गर्न मागसमेत गरेको छ ।
बीआरआई परियोजनाको हिस्सा हो त पोखरा विमानस्थल !
यसैबीच विज्ञहरूले यस विमानस्थलबारे चेतावनी पनि दिएका छन् । भारतले सहयोग नगरे अर्बौं रुपैयाँमा निर्माण भएको ड्रीम परियोजना अन्तर्गत रहेको पोखरा विमानस्थल नेपालका लागि सेतो हात्ती साबित हुन सक्ने चेतावनी दिएका छन् । यो विमानस्थल नेपालको अन्नपूर्ण सर्किट सँग जोडिएको छ जुन पर्वतारोहीहरू माझ धेरै लोकप्रिय रहेको छ । नेपालले अन्तर्राष्ट्रिय विमानस्थल बनाए पनि यहाँ अन्तर्राष्ट्रिय उडानको सम्भावना भने टाढा टाढासम्म देखिँदैन ।
अर्कोतर्फ चिनियाँ दूतावासले बीआरआई परियोजनाको हिस्सा भन्दै नेपालमा चीनको प्रभाव बढ्दै गएको स्पष्ट भएको छ । चीनको अवसरवादी सोच यहाँ पनि स्पष्ट झल्किएको छ । अवसर पाउने बित्तिकै चीनले आफ्नो पासाहरू फ्याँक्न सुरु गरेको छ ।

चीनको यस्तो घोषणापछि नेपालको भारतसँगको सम्बन्ध बिग्रिन सक्छ र नेपाललाई धेरै समस्या पनि आइपर्न सक्छ विज्ञहरुको तर्क छ । भारतले पहिलेबाट नै चीनले बनाएको बिजुली किनेको छैन र चीनले बनाएको भैरहवा विमानस्थलबाट पनि टाढै रहेको छ । चीन र भारतको यो लडाइमा पराजय नेपालकै हुने नेपाली अधिकारीहरूको भनाइ छ । चीनका लागि नेपालका पूर्व राजदूत टङ्क कार्कीले बताए अनुसार बढ्दो भूराजनीतिक तनावका कारण नेपालको समस्या झनै बढ्दै गएको बताए । उनले भने, ‘नेपाललाई सिकार बनाएर महाशक्तिलाई के फाइदा हुन्छ । चीनले बनाएको परियोजनालाई पश्चिमका देशले प्रयोग गर्न मानेनन् भने र चीनले बनाएको परियोजनाको प्रयोगबाट भारतले आफूलाई अलग गरे भने नेपालले ठगिएको महसुस गर्नेछ ।’
कार्कीले थप भने, ‘यदि हामीलाई विदेशबाट ऋण र सहयोग चाहिन्छ भने यो कोल्ड युद्धबाट बच्नुपर्छ । हामीले सबैभन्दा पहिले हाम्रो घरलाई व्यवस्थित गर्नुपर्छ र भूराजनीतिक कार्ड खेल्नुको सट्टा हाम्रा आवश्यकताहरू पूरा गर्नुपर्छ । यस परियोजनाका लागि नेपालले चीनको एक्जिम बैंकबाट २१५.९ मिलियन डलरको ठूलो ऋण लिएको छ । यो ऋण चीनलाई चुक्ता गर्न नेपालले पोखरा विमानस्थलबाट ठूलो नाफा लिनुपर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै