चिनियाँद्धारा नेपालमा आर्थिक अपराधमा संलग्नतामा वृद्धि

   माघ ६, २०७९  
214 Shares

नेपालमा बसेर स्वदेशमा आर्थिक अपराध गरिरहेका चिनियाँविरुद्ध प्रहरीले ‘स्विप अपरेसन’ थालेको छ ।
अवैध रूपमा बसेका तथा आर्थिक अपराधमा गरिरहेका चिनिया नागरिक माथि नेपाल प्रहरी निगरानि बढाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान व्यूरोका अनुसार अबैध रुपमा नेपाल भित्रिएका चिनिया नागरिकले स्वदेशमा अनेक किसिमका आर्थिक अपराधहरु गरिहेको जनाएको छ ।
नेपालमा उनीहरूले अपराध गरेको नभेटिएकाले यहाँ फौजदारी अभियोगमा कारबाही हुने सम्भावना न्यून छ ।
नेपालमा बसेर चीनमा अपराध गर्ने प्रवृत्ति बढेपछि चीनले राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको क्रममा सुपुर्दगी सन्धि गर्ने तयारी गरेको थियो । तर, त्यसले तिब्बती शरणार्थीलाई समेत समेट्ने भन्दै विरोध भएपछि सहमति हुन सकेन । ‘सन्धि भएको अवस्थामा उनीहरूको सुपुर्दगी नै हुन्थ्यो,’ ।
चिनियाँ पर्यटकलाई आकर्षित गर्न भन्दै चार वर्षअघि केपी ओली नेतृत्वको तत्कालीन सरकारले चिनियाँ पर्यटकसँग भिसा शुल्क नलिने निर्णय गरेको थियो । सो निर्णयले नेपालमा चिनियाँ पर्यटकको आगमनसँगै अपराध पनि बढ्न थालेको छ । साथै, भिसा शुल्कबापत करोडौँ रुपैयाँ पनि राज्यले गुमाएको छ ।

चीनजस्तो धनी देशले नेपालीसँग भिसा शुल्क लिने, तर नेपालीले भिसा शुल्क नलिने व्यवस्था उपयुक्त नभएको अध्यागमन अधिकारीहरू बताउँछन ।
प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो पाँच वर्षमा विभिन्न घटनामा एक सयभन्दा धेरै चिनियाँ पक्राउ परिसकेका छन । उनीहरूमध्ये धेरैजसो डलर तस्करीमा संलग्न थिए । त्यस्तै, सुन, वन्यजन्तुका अंग, जडीबुटी तस्करी, ह्याकिङ तथा अवैध चिकित्सकीय अभ्यासका घटनामा उनीहरूको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

२०६० को आसपासदेखि नै नेपालमा चिनियाँहरूको अपराधमा संलग्नता देखिएको प्रहरी अधिकारीहरू बताउँछन । त्यतिवेला रक्तचन्दन र वन्यजन्तुका अंगको ओसारपसारमा चिनियाँहरू संलग्न हुने गरेको पूर्वएआइजी राजेन्द्रसिंह भण्डारीले बताए । पछिल्लो समय डलर र सुनको अवैध कारोबारमा उनीहरूको संलग्नता बढेको छ ।

अहिले ह्याकिङ, मानव तस्करी तथा लागुऔषधमा समेत उनीहरूको संलग्नता देखिएको छ । अझै नेपाललाई आधारभूमि बनाएर उनीहरूले इन्टरनेटमार्फत समेत संगठित आर्थिक अपराध गर्दै आएका छन ।

बिजनेस भिसामा नेपाल बस्ने विदेशीहरूमा चिनियाँहरू सबैभन्दा धेरै छन । पछिल्लो वर्ष उनीहरूको संख्या आश्चर्यजनक रूपमा बढेको प्रहरी अधिकारीहरू बताउँछन । व्यापारको आवरणमा धेरैजसो डलरको अवैध कारोबारमा संलग्न रहेको स्रोत बताउँछ । ठमेल क्षेत्रलाई आधार बनाएर चिनियाँहरूले संगठित रूपमा आर्थिक अपराध गरिरहेका छन ।

बिहेका नाममा नेपाली युवतीलाई चीनतर्फ लग्न थालेको अवस्थामा गत वर्ष १२ भदौमा प्रहरीले चार चिनियाँलाई पक्राउ गरेको थियो । त्यसको दुई दिनपछि एटिएम ह्याकिङमा संलग्न ६ चिनियाँ पक्राउ परे  । उनीहरूले एकै दिन एकैछिनमा तीन करोड रुपैयाँ एटिएमबाट निकालेका थिए । त्यसयता सुन र लागुऔषध तस्करीमा संलग्न दुई चिनियाँ समूह पक्राउ परिसकेका छन ।
सुन र डलर तस्करीमा चिनियाँहरूको संलग्नता बढी देखिएको छ । आउँदा अवैध सुन लिएर आउने र फर्किदा डलर लैजाने प्रवृत्ति देखिएको प्रहरी अधिकारीहरु बताउँछन । पछिल्लो समय नियमित रूपमा सुनसहित चिनियाँहरू पक्राउ पर्दै आएका छन । चिकित्सा क्षेत्रमा समेत चिनियाँहरूले अपराध बढाएका छन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले १६ फागुन २०७४ मा १३ जना चिकित्सकलाई पक्राउ गरेको थियो ।

नेपालमा अनुमतिविना नै अस्पताल चलाएको भन्दै ठमेलको एपोलो इन्टरनेसनल पोलिक्लिनिक, बौद्धको चाइना ग्रेटवाल हेल्थ सेन्टर, चाइनाज् पिपल्स हस्पिटल र चाइना डेन्टल अस्पतालमा कार्यरत चिकित्सकहरू पक्राउ परेका थिए । अहिले पनि कतिपय चिनियाँहरू अनधिकृत रूपमा अस्पताल सञ्चालन गरेर बसेको उजुरीमा सिआइबीले अनुसन्धान गरिरहेको छ ।

दुई वर्ष अगाडि नेपाल प्रहरीले एक सय २२ जना चिनियाँलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

विदेशी नागरिक यति ठूलो संख्यामा पक्राउ परेको यो नै सबैभन्दा ठूलो अपरेसन थियो  । पक्राउ परेकामध्ये धेरैजसो इन्टरनेटमार्फत हुने जुवा, सट्टेबाजी र अन्य ठगीसम्बन्धी आर्थिक अपराधमा संलग्नहरू थिए ।
केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय अपराध महाशाखा र स्थानीय प्रहरीले फिल्डमा अपरेसन चलाएर उनिहरुलाई पक्राउ गरेका थिए  । कारबाहीका लागि चीनबाट समेत एक दर्जन प्रहरी अधिकारी तथा आइटीविज्ञ काठमाडौं आएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै