join zoom meeting with id number how work zoom app icon zoom app download zoom 2022 zoom clouds meeting download zoom ringtone download zoom app clone

हराएको मोटरसाइकल फेला पारेर सवारीधनीलाई जिम्मा लगाए रौतहट प्रहरीले

   ११ बैशाख २०७८, शनिबार २०:०२  

 

तराई टप संवाददाता
रौतहट, ११ वैशाख । रौतहट प्रहरीले हराएको मोटरसाइकल फेला पारेर सवारी धनीलाई शनिवार जिम्मा लगाएको छ ।
जिल्लाको राजदेवी नगरपालिका वडा नम्वर ७ लक्ष्मिपुरका विगन प्रसाद यादवको दुई दिन अघि हराएको मोटरसाइकल फेला पारेर आज जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
वैशाख ९ गते विहिवारका दिन राति ११ बजेको समयमा यादवले गौर नपा ४ गढवामा पाकिंग गरेर राखेको अवस्थामा विआर ०५–५९६९ नम्वरको भारतीइ नम्वरको मोटरसाइकल हराएको हुँदा निजले जिल्ला प्रहरी कार्यालय गौरमा निवेदन दिएपछि प्रहरीले खोजतलास गर्दै जाँदा बसपार्कमै वेवारिसे अवस्थामा फेला पारेर गाडीधनीलाई जिम्मा लगाइएको प्रहरी प्रवक्ता एवं डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै