गढीमाइद्धारा फतुवा विजयपुर नगरपालिका २७ रनबाट पराजित

156 Shares

रौतहट, ७ माघ । दुर्गा भगवती गाउँपालिकाद्धारा जारी अध्यक्ष कप जिल्ला स्तरिय नक आउट टि २० क्रिकेट टुर्णामेन्ट अन्तर्गत शनिवार भएको खेलमा गढीमाई नगरपालिकाले फतुवा विजयपुर नगरपालिकालाई २७ रनले पराजित गरेका छन् ।
दुर्गा भगवती गापाको सरस्वती मावि पिपरा भलोहियामा जारी रहेको जिल्ला स्तरिय अध्यक्ष कप अन्तर्गत आजको खेलमा फतुवा विजयपुर नगरपालिकाले टस जितेर गढीमाईलाई व्याटिंगको लागि आमन्त्रण गरेका थिए । गढीमाई नगरपालिकाको टिमले उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित २० ओभरको खेलमा ६ विकेटको क्षतिमा १७० रनको फराकिलो योगफल तयार पार्न सफल भए । ओपनर विजय यादवले ३७, धर्मेन्द्र पटेलले ३२, नविन पटेल ३० गरेर फतुवा विजयपुरलाई १७१ रनको टार्गेट दिए ।
जवाफी ब्याटिंगमा उत्रिएका फतुवा विजयपुरको २० ओभरमा ४ विकेटको क्षतिमा १४३ रन मात्रै बनाई २७ रनले हार वेहोर्नु परेको आयोजक समितिका बेदानन्द ठाकुरले जानकारी दिए । फतुवा विजयपुरका लागि मुस्ताक अविजित रहदै ७४ रन बनाए तर अर्का खेलाडीहरु रन नबनाउदा हार बेहोर्नु बाध्य भएको ठाकुरले बताए ।

सम्बन्धित समाचार