प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर कांग्रेसले गल्ती गरे शेखर कोइराला

141 Shares

काठमाडौं, ८ माघ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर कांग्रेस गल्ती गरेको बताएका छन् ।
संस्थापन इतर पक्षका नेताहरू सँग जारी बैठकमा सम्बोधन गर्दै नेता शेखर कोइरालाले विश्वासको मत दिएर पार्टीले गल्ती गरेको बताएका हुन् ।
आफूले तटस्थ बसौ भनेर प्रस्ताव राखेको तर सुनुवाइ नगरी बहुमतले निर्णय गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिइएको उनको भनाइ छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ती गरियो । तटस्थ बसौ भनेर मैले प्रस्ताव राखेको थिए ।
कार्य सम्पादन समितिमा मैले राखेको प्रस्तावको सुनुवाइ भएन । बहुमतले विश्वासको मत दिने निर्णय गरेपछि त्यसलाई मान्नु पर्ने बाध्यता भयो । सभापति शेरबहादुर देउवाको प्रस्तावमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार