गाडी दुर्घटना हुदा चार जनाको मृत्यु, एक जना घाइते

110 Shares

सुर्खेतं, ८ माघ । सुर्खेतमा गाडी दुर्घटना हुदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
बिहान साढे २ बजे छिन्चुबाट विरेनद्रनगर तर्फ जाँदै गरेको बा.प्र. ०१०२६ च ९२१३ नं.को डबल क्याप हाइलेक्स गाडी विरेन्द्रनगर ११ झुप्रा खोलास्थित रत्नराजमार्गमा दुर्घटना भएको हो ।
दुर्घटनामा गाडी चालक वीरेन्द्रनगर ७ का २७ वर्षीय सागर शाही, डुङ्गेश्वर गाउँपालिका वाड नं. ५ का ३३ वर्षीय दिपेन्द्रजंग शाही, भगवतीमाई गाउँपालिका वाड नं. ५ का ३१ वर्षीय बबिन शाही र गुराँस गाउँपालिका वाड नं. ३ का ३६ वर्षीय राजेन्द्र बि.सीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए ।
दुर्घटनापछि प्रहरीले उनीहरूलाई प्रहरीले उद्धार गरी अस्पताल पु¥याइएको थियो । अस्पतालमा तीन जनाले चिकित्सकले मृत घोषणा गरेका थिए भने एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता कार्कीले बताए ।
घाइते भएका दैलेख भैरवी गाउँपालिका वार्ड नं. ५ का विरेन्द्रराज शाहीको उपचार भइरहेको छ । छातीमा चोट लागेका उनी बोल्ने सक्छन् । गाडी सडकबाट ७०÷८० मिटर तल खसेको छ । गाडीमा पाँच जना सावार थिए ।

सम्बन्धित समाचार