मौसम थोरै स्थानमा आंशिक बदली भए पनि सामान्यतया सफा

   माघ ८, २०७९  
136 Shares

काठमाडौं, ८ माघ । आज मौसम थोरै स्थानमा आंशिक बदली भए पनि सामान्यतया सफा र जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान प्रदेश १ मा गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली भएको छ ।
बाँकी सबै क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ । आज दिउँसो पनि प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रहे पनि देशका बाँकी भू–भागमा मौसम सफा रहको छ ।
आज रातिमा बागमती प्रदेश र मधेश प्रदेशलगायत प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली हुने सम्भावना रहेको छ । अन्य भू–भागको मौसम सफा रहकोेछ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भुभागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै