ऋचा शर्माले अष्ट्रेलियाको एक फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन

   ८ माघ २०७९, आईतवार १४:१६  

काठमाडौं, ८ माघ । छोटो फिल्म ‘ब्लड मनी’ बाट अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको एक फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन् ।
सिडनीमा सम्पन्न टाइटन फिल्म फेस्टिभलबाट ऋचाले उक्त अवार्ड जितेकी थिइन्न् । ट्रफी बोकेर उनी आगामी बुधबार नेपाल फर्कने तयारी गरेको छ ।
फिल्मका लेखक तथा निर्देशक अशोक तिमल्सिनालाई पनि फेस्टिभलमा सम्मान गरिएको थियो । अन्य मुलुकका फिल्मले समेत प्रतिस्पर्धा गरेको फेस्टिभलमा यो नेपाली छोटो फिल्मलाई उत्कृष्ट प्रतिक्रिया मिलेको र विदेशी निर्माता नेपालमा फिल्म छायांकन गर्न इच्छुक रहेको निर्माताद्वारा जारी र विज्ञप्तिमा उल्लेख गरिएको छ ।
फिल्म यसअघि पनि सिंगापुरको ओल्ड फिल्म कार्निभल फेस्टिभल लगायतका महोत्सवमा अवार्ड जितेको थियो । डेढ दशकदेखि अष्ट्रेलियामा रहँदै आएका निर्देशक तिमल्सिनाले फिल्ममार्फत पारिवारिक अवस्थाले विदेशिएका युवाले हातमुख जोर्न गरेको संघर्षको कथा भन्छ ।
२८ मिनेटको यो फिल्ममा छोराको भूमिकामा तिमल्सिना स्वयंले अभिनय गरेका छन् भने आमाको भूमिकामा मिथिला र पत्नीको भूमिकामा ऋचाले अभिनय गरेकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै