जडीबुटी मिसाएको खाजा खादा एक जनाको मृत्यु र तनि जना बिरामी

   ८ माघ २०७९, आईतवार १४:१८  

जुम्ला, ८ माघ । जुम्लामा जडीबुटी मिसाएको खाजा खादा एक जनाको मृत्यु र तनि जना बिरामी भएको छ ।
जुम्ला चन्दननाथ नगरपालिका वाड नं.८ का रोकायावाडामा खाजा खाने क्रममा बिरामी भएका चार जनामध्ये एक जना ३५ वर्षीय दीपक रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।
प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार चन्दननाथ नगरपालिका वाड नं.८ का तिल धरालाको घर बनाउने क्रममा खाजा खादा बिरामी भई अस्पताल आएकामध्ये दीपक रोकायाको मृत्यु भएको र ३८ वर्षीय तिल रोकाया, २८ वर्षीय टंक रोकाया, ३० वर्षीय पारस धराला बीरामी भएका छन् ।
बिरामीहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै