जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाउँदा पदभार ग्रहण गरेनन्

   ८ माघ २०७९, आईतवार १४:१९  

काठमाडौँ, ८ माघ । सिके राउतको नेतृत्व जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाउँदा सो पार्टीबाट मन्त्री बनेका अब्दुल खानले हालसम्म पदभार ग्रहण गरेका छैनन् ।
खानेपानी मन्त्रालय परेसँगै असन्तुष्ट बन्दै उनी पदभार गर्नका लागि सिंहदरबारमा नगएका हुन् । उद्योग मन्त्रालय नपाए अध्यक्ष सीके राउतले सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । यसबारेमा प्रधानमन्त्री प्रचण्डबाट आइतबारसम्मको समय पाएका राउत सरकारात्मक जवाफको प्रतीक्षामा रहेका छन् ।
जनमत पार्टीले उद्योग मन्त्रालय नपाउने हो भने खानेपानी मन्त्रालयसँगै वन तथा वातावरण मन्त्रालय पनि पाउनुपर्ने माग गरेको छ । यसबारे सिके राउतले प्रधानमन्त्री सँग निरन्तर छलफल गर्दा आज सम्ममा टुग्यांउने आश्वासन दिएको छ ।
दिपक साहका अनुसार सरकारले जाने विषयमा माआवादी केन्द्र र एमालेसँग कुरा हुँदा उद्योग मन्त्रालय दिने सहमति भएको थियो । उनले भने, ‘हामीले उद्योग र कृषि मन्त्रालय गरी दुईटा मन्त्रालय माग गरेका थियौँ । तर भागबण्डामा एउटा मन्त्रालय मात्र परेपछि उद्योग मन्त्रलायमा सहमति भएको थियो । अहिले त्यो मन्त्रालयको सट्टा खानेपानी मन्त्रालय दिएपछि हामीले त्यसलाई अस्वीकार गरेको छु ।’
उद्योग मन्त्रालय पाए पहिलो चरणमा बन्द रहेका विभिन्न उद्योग सञ्चालन गर्ने जनमतको योजना छ । त्यसका लागि हरेक कोणबाट अध्ययन गरिसकेको भएपनि अहिले नपाउँदा योजना भताभुंग भएको दिपक साहले गुनासो गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै