सवारी साधन चलाउदा ट्राफिक नियमको पालना गर्न चालकलाई सचेतना दिइयो

   ११ बैशाख २०७८, शनिबार २०:२२  

तराई टप संवादादता
रौतहट, ११ वैशाख । जिल्ला ट्राफिक कार्यालय चन्द्रपुर रौतहटको निर्देशनमा शनिवार गरुडा र शुकदेव चोकमा सवारी साधन चलाउनेहरुलाई केही वेर रोकेर ट्राफिक नियम अनुसार सवारी साधन चलाउन सचेतना गराएका छन् ।


गरुडा नगरपालिकाको मेथुर चोकमा प्रहरी सहायक निरीक्षक शैलेन्द्र प्रसाद यादवले मोटरसाइकल, टिपर, अटोरिक्सा, पिकअपलाई आज विहान १० बजेको समयमा रोकेर उक्त सवारीसाधनको चालकलाई ट्राफिक नियमको पालना गरेर कम स्पीडमा सवारी साधन चलाएमा दुर्घटनाबाट जोगिन सक्ने तथा आइपरेको अवस्थामा दुर्घटनाबाट कसरी जोगिने वारे सचेत गराएका थिए ।
यसैगरी आज दिउसो २ बजेको समयमा यमुनामाईको शुकदेव चोकमा प्रहरी सहायक निरीक्षक चित्ररंजन प्रसाद यादवले २० वटा सवारीसाधानलाई १ मिनेट रोकी साँघुरो बाटोमा कसरी सवारी चलाउने, ओभर टेक गर्दा ध्यान पुर्याएर मात्रै अघि बढ्नुपर्ने जस्ता लगायतको सवारी नियमको प्रयोग गर्न आग्रह गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै