फिल्मको हिरो ‘जोगिन्दर पानवाला’

   ८ माघ २०७९, आईतवार १४:२२  

काठमाडौँ, ८ माघ । हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ फिल्मको हिरो बन्ने भएको छ ।
कलाकार तथा निर्देशक बिनोद केसीले निर्माण गर्न लागेको फिल्म ‘कबाडी’ मा उनी हिरोको अनुबन्धित भएका हुन् । फिल्म अभिनय बिषयमा आइतवार कलाकार रिजाल र निर्माण युनिटबीच सम्झौता भएको छ ।
ठाउँठाउँमा पुगेर पुराना सामान उठाउने कबाडीको कथा फिल्मको बिषयवस्तु हो । फिल्मले सामाजिक सदभाव र अनुहार हेरेर गरिने भेदभावको बिषयमा सन्देश दिने निर्देशक केसीले बताए ।
फिल्मको कथावस्तु मनपरेकोले फिल्म अभिनय गर्न राजी भएको रिजालले बताए । ‘फिल्मले नेपाली मार्केटमा कस्तो प्रभाव पार्छ भन्न सक्दिन । तर अन्तराष्ट्रिय फेष्टिभलमा भने यो छानेने खालको छ’ रिजालले थपे । फिल्ममा गायिका मञ्जु पौडेल अभिनेत्रीको रुपमा देखिनेछिन् । केही टेलिफिल्म अभिनय गरिसकेकी पौडेलको यो पहिला फिल्म हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै