नापोलीले इटालियन सिरी ‘ए’ फुटबलमा अग्रता बनायो

   ८ माघ २०७९, आईतवार १४:२४  

काठमाडौँ, ८ माघ । नापोलीले इटालियन सिरी ‘ए’ फुटबलमा १२ अंकको अग्रता बनाएको छ ।
शनिबार राति भएको खेलमा नापोलीले सालेरनिटानालाई २–० गोल अन्तरले हराउँदै शीर्ष स्थानमा फराकिलो अग्रता बनाएको हो ।

नापोलीको जितमा जियोभानी डी लोरेन्जो र भिक्टर ओसीम्हेनले १÷१ गोल गरे । पहिलो ह्फ्को इन्जुरी समयमा लोरेन्जोले गोल गर्दै नापोलीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४८ औं मिनेटमा भिक्टरले गोल गर्दै नापोलीलाई २–० को जित दिलाए ।

जितसँगै नापोलीले शीर्ष स्थानमा १२ अंकको अग्रता बनाएको छ । नापोलीले १९ खेलमा ५० अंक जोडेको छ । सालेरनिटाना १८ अंक जोडेर १६ औं स्थानमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै