पशुपति आर्यघाट सम्मको ढल पूर्णरुपमा व्यवस्थापन गर्न माग

   माघ ८, २०७९  
91 Shares

काठमाडौँ, ८ माघ । बाग्मती सफाइ महाअभियानले गोकर्ण डयामदेखि पशुपति आर्यघाट सम्मको ढल पूर्णरुपमा व्यवस्थापन गर्न सरकारसमक्ष माग गरेको छ ।
बाग्मती सफाइ महाअभियानले ५०६ औँ हप्ता पूरा गर्दा पनि मुहान क्षेत्रकै नदी सफाइ हुन नसकेपछि उक्त माग गरिएको हो ।
महाअभियानले पशुपतिको क्षेत्रसम्ममा नदीको दुवै किनारमा सफाइ छिटो गर्न पनि सहरी विकास मन्त्रालयको ध्यानाकर्षण गराएको छ । पशुपति क्षेत्रसम्म बाग्मती नदीमा सफा पानी बगाउने उद्देश्यले अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति स्थापना भएको ३० वर्ष पूरा हुँदा पनि काम सम्पन्न हुनसकेको छैन ।
सहरी विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न बाग्मती समितिको कार्यालय अघिबाट गौरीघाटसम्म पनि सफाइ गर्नुपर्नेमा जोड दिएको अभियानकर्मी किशोरसिंह शाहीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै