झ्यालबाट हाम फाल्दा ज्यान गुमाएका पाण्डेको शव झापा ल्याएयो

   ८ माघ २०७९, आईतवार १५:४८  

कम्बोडिया, ८ माघ । कम्बोडियामा आफू बसेको होटलमा आगलागी भएपछि झ्यालबाट हाम फाल्दा ज्यान गुमाएका निराकर पाण्डेको शव झापा ल्याइएको छ ।
कम्बोडियामा १४ पुसमा भएको भिषण आगलागीमा ज्यान बचाउन १२ औं तलाबाट हाम फाल्दा मृत्यु भएका उनकले शव शुक्रबार काठमाडौं आइपुगेको थियो ।
शनिबार दिउँसो साढे १२ बजे विर्तामोड निवासमा शव ल्याइएलगत्तै कनकाई नदीको तटमा अन्तिम संस्कार गरिएको छ । मृतक पाण्डे विर्तामोड नगरपालिका वर्डा नं. १ का वडाध्यक्ष अग्नि पाण्डेका छोरा हुन् ।
मृत्युअघि घरपरिवार सँग उनले गरेको भावुक कुराकानी सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि परिवारका सदस्यहरुलाई भेटेर शव ल्याउन सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
घटना भएको दिन राति ११ बजेदेखि पाण्डे बसेको होटल क्यासिनोमा आगलागी भएको थियो । पाण्डेले मृत्यु हुनु अघि परिवारलाई बताए अनुसार आगो लागेपछि उनलाई करिडोरमार्फत माथि जान सुझाइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै