जेसिजको चौंथो पदस्थापन कार्यक्रम सम्पन्न

   ८ माघ २०७९, आईतवार १५:५१  

लालबन्दी, ८ माघ । सर्लाहीको लालबन्दीमा जेसिजको चौंथो पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
लालबन्दी जेसिजको वर्ष २०२२ का अध्यक्ष सन्तोष पौडेलको अध्यक्षता तथा लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।
समारोहमा लालबन्दी जेसिज वर्ष २०२३ को नवगठित नेतृत्वको पदस्थापन भएको छ । केही दिनअघि भएको भेलाबाट वर्ष २०२३ का लागि ठाकुरप्रसाद बख्रेल (मनोज) अध्यक्ष रहने गरी जेसिजको नयाँ कार्य समिति चयन गरिसकिएको छ ।
लालबन्दी नगरपालिका वर्डा नं. ९ बस्तीपुरस्थित होटल आर्य ईनमा भएको कार्यक्रममा लालबन्दी नगरपालिकाकी उपमेयर कल्पनामाया पाख्रिन, लालबन्दीका पूर्व मेयर मानबहादुर खड्का, विभिन्न ठाउँबाट जेसिजका पदाधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै