चीनमा पहिलो पटक जनसंख्या घट्ने क्रममा

185 Shares

एजेन्सी – चीनमा दशकौँपछि पहिले पटक जनसंख्या घट्ने क्रममा देखिएको छ । राष्ट्रिय तथ्याङ्क ब्युरोले हालै सार्वजनिक गरेको विवरण अनुसार अघिल्लो वर्षको तुलनामा सन् २०२२ मा आठ लाख पचास हजार जनसंख्या कम पाइएको हो ।
यो संख्यामा हङकङ, मकाउ र विदेश रहेका बासिन्दाहरू बाहेक मुख्य भूमि चीनमा मात्र रहेको जनसंख्या छ । यहाँ गत वर्ष एक करोड ४१ लाख मृत्यु दर्ता गरिएको थियो भने ९० लाख ५६ हजार नवजात जनसंख्या रहेको थियो। यो सँगै कुल जनसंख्या १४१ अर्ब रहेको छ । कुल जनसंख्यामा पुरुषको संख्या ७२ करोड र महिलाको संख्या ६८ करोडको हाराहारीमा पुगेको छ ।
जनसंख्यामा देखिएको यो गिरावट देशले अङ्गीकार गरेको एक सन्तानको कडा नीतिको परिणाम रहेको बताइएको छ ।
पछिल्लो समय चीनले एक सन्तानको नीति त्यागेर दुई वा तीन सन्तान जन्माउन प्रोत्साहन गर्न खोजेको छ तर त्यो नीति पनि त्यति प्रभावकारी देखिएको छैन । जनसंख्यामा आएको यो गिरावटमा अर्को मुख्य कारक तत्वकारूपमा शहरी क्षेत्रमा बालबालिका हुर्काउने लाग्ने खर्चलाई पनि लिने गरिएको छ ।
चीन लामो समयदेखि विश्वको सबैभन्दा बढी जनसंख्या भएको राष्ट्र बनेको छ यद्यपि भारतले चीनलाई छिट्टै उछिन्ने अपेक्षा गरिएको छ ।
हाल भारतको जनसंख्या १.४ अर्बभन्दा बढी रहेको र बढ्दै गइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार