सर्लाहीका प्रजिअ गौतमलाई कर्मचारी मिलन केन्द्रद्धारा विदाई सम्मान

   माघ ९, २०७९  
247 Shares

राधेश्याम कुशवाहा
सर्लाही, माघ ९ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई मायाको चिनो सहित कर्मचारी मिलन केन्द्र, सर्लाहीद्वारा भव्य विदाइ गरिएको छ । विगत १३ महिना आगाडी सर्लाहीको प्रमुख जिल्ला अधिकारीका रुपमा जिम्मेवारी सम्हाल्नु भएका गौतम गृह मन्त्रालयमा सरुवा भएपछि उहाँको विदाई गरिएको हो । सरल, शालिन, भद्र, निर्भिक, निडर, प्रभावकारी समन्वयकारी एवं विकासप्रेमी छवी बनाउनु भएका गौतमलाई आज कर्मचारी मिलन केन्द्र, सर्लाहीले मायाको चिनो, दोसल्ला,अविर, फूलमालाले सम्मान गर्दै विदाई गरेको हो । उहाँ आज नै सर्लाही छोडदै हुनुहुन्छ ।
फेरि भेटौला कार्यक्रम मार्फत आयोजना गरिएको विदाई समारोहमा वक्ताहरूले प्रमुख जिल्ला अधिकारी गौतम सबैको साथ र सहयोगले स्थानीय तहको निर्वाचन २०७९, प्रतिनिधि सभा सदस्य एवं प्रदेश सभा सदस्य निर्वाचन २०७९, जिल्लाको शान्ति, सुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, सामाजिक सुधार र रूपान्तरण, विपद व्यवस्थापन, समन्वय सहजीकरण, सदाचार र आर्थिक अनुशासनस्थिती मजवुत बनाउनमा भएको प्रयास सराहनीय रहेको बताउनुभयो । वक्ताहरूले विकास निर्माणमा सम्बन्धित सरोकारवाला पक्षसँग समन्वय तथा सहजीकरणको शुरुवात भएको भन्दै अझै सार्थक र प्रभावकारी बनाउन निरन्तरता दिनु पर्ने बताउनु भयो । केन्द्रका वरिष्ठ उपाध्यक्ष होमनाथ सुवेदीले जनभावनालाई आत्मसाथ गरेर बढने गौतमको स्वभावले कर्मचारीलाई उच्च मनोवलका साथ कार्य सम्पादन गर्न ठुलो मद्दत मिलेको बताउनु भयो । वरिष्ठ उपाध्यक्ष सुवेदीले विकासका काममा सहजीकरण गर्ने जिम्मेवारीले जनप्रतिनिधीहरूलाई थप हौसला थपेको विश्वास व्यक्त गर्नु भयो । उहाँले आफ्नो व्यक्तिगत तथा केन्द्रको तर्फबाट प्रजिअ गौतमलाई प्रजिअको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दै सफलताको शुभकामना दिनुभयो । कार्यक्रममा भर्खरै जिल्लामा नेपाल प्रहरीका प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप अनुसन्धान निर्देशकको जिम्मेवारी सम्हाल्नु भएका क्रमश नरेशराज सुवेदी र संन्तोष ढुंगेललाई अविर, माला, गम्छाले स्वागत गरिएको थियोे । सर्लाहीका प्रजिअ गौतमलाई कर्मचारी मिलन केन्द्रले गरे विदाई ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै