राजपुरलाई गरुडाले १३७ रनको विशाल अन्तरबाट हराए

   ९ माघ २०७९, सोमबार १७:५८  

रौतहट, ९ माघ । दुर्गा भगवती गाउँपालिकाद्धारा जारी अध्यक्ष कप जिल्ला स्तरिय नक आउट टि २० क्रिकेट टुर्णामेन्ट अन्तर्गत सोमवार भएको खेलमा गरुडा नगरपालिकाले राजपुर नगरपालिकालाई १३७ रनको विशाल अन्तरबाट हराएका छन् ।
दुर्गा भगवती गापाको सरस्वती मावि पिपरा भलोहियामा जारी रहेको जिल्ला स्तरिय अध्यक्ष कप अन्तर्गत आजको खेलमा गरुडाले टस जितेर पहिलो ब्याटिंग गर्न राजेका थिए । निर्धारित २० ओभरको खेलमा ८ विकेटको क्षतिमा १८७ रनको विशाल योगफल तयार पारे । जुन राजपुरका टिमले बनाउन नसकी १३७ रनको ठूलो अन्तरबाट हार बेहोर्न बाध्य भए ।
जवाफी ब्याटिंगमा उत्रिएका राजपुरको टिम १३ ओभरमा अलआउट हुदै मात्रै ५० रन बनाउन सके । गरुडाको लागि विक्की साहले उत्कृष्ट बलिंगको प्रदर्शन गर्दै ४ विकेट लिएकोमा उनलाई आजको म्यान अफ दि म्याच घोषित भएको आयोजक समितिका सदस्य बेदानन्द ठाकुरले जानकारी दिए । दुर्गा भगवती गाउँपालिकाद्धारा पहिलो पटक जिल्ला स्तरिय अध्यक्ष कपको आयोजना गरेका छन् जसमा १८ वटै पालिकाको टिम सहभागी रहेको उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै