तिब्बती शरणार्थीहरु माथि निर्भर छन् नेपाल–चीन सम्बनध

   ९ माघ २०७९, सोमबार १८:१४  

यितेन्द्र शर्मा

विश्वमा भारतको बाहेक तिब्बती शरणार्थीहरुलाई सबै भन्दा बढि शरण नेपालले दिएको एक तथ्याँकले जनाएको छ ।
नेपालमा कति तिब्बती शरणार्थीहरु रहेको छ भन्ने सोको आधिकारीक तथ्याँक नभएपनि सन् २०२० को राष्ट्र संघिय मानवअधिकार सम्बन्धी रिपोर्टका अनुसार करिव १२ हजार ५४० भन्दा बढि तिब्बती शरणार्थीहरु नेपालमा रहेको हो ।
नेपालमा पछिल्लो समय भेदभावपूर्ण व्यवहारका कारण नयाँ तिब्बतीहरु नेपालमा शरण लिन आउनेहरुको संख्या घट्दै गएको छ, जे भए पनि विगतमा आएर बसेका तिब्बती समुदायहरु यहाँ बसिरहेका छन् र उनीहरुका छोराछोरीले नेपालमा विभिन्न पेसा, व्यवसाय गर्दै आएका छन् ।
उत्तरी छिमेकी चीनसँग सीमा साझेदारी गरिरहेको एसियाली मुलुक नेपालले ऐतिहासिक रूपमा तिब्बतीहरूका लागि शरणस्थानको रूपमा काम गरेको छ । जसले सन् १९५० को दशकको उत्तरार्धमा तिब्बतमा चिनियाँ आक्रमण र कब्जाबाट तिब्बतीहरु नेपालको बाटो हुँदै विश्वका विभिन्न मुलुकमा शरण लिन पुगेका थिए ।
नेपालमा तिब्बती शरणार्थीहरूका लागि अहिले धेरै शिविरहरू छन्, यद्यपि अधिकांश काठमाडौं र वरपरका क्षेत्रहरूका साथै पोखराको मध्य शहरमा बस्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै