चीनमा कोभिड–१९ को संक्रमणबाट गत सात १३ हजार मानिसको मृत्यु

221 Shares

बेइजिंग, एजेन्सी । कोभिड–१९ को संक्रमणबाट चीनमा जनवरी १३ देखि १९ को बीचमा लगभग १३ हजार मृत्यु भएको छ ।
गत जनवरी १२ सम्म अस्पतालमा कोभिडको कारण ६० हजार मानिसको मृत्यु भइसकेको केही समाचार एजेन्सीहरुले जनाएको हो ।
अस्पतालमा भर्ना भएका ६ सय ८१ बिरामीको कोरोना भाइरस संक्रमणका कारण श्वासप्रश्वासको समस्याबाट मृत्यु भएको र एघार हजार नौ सय ७७ जनाको संक्रमण सँगै अन्य रोगका कारण मृत्यु भएका चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसि) ले शनिबार जारी एक विज्ञप्तिमा जनाएका छन् ।
गत डिसेम्बरमा चीनले शून्य–कोभिड नीति त्यागेपछि यस रोगबाट ६० हजार भन्दा बढी मानिसहरूको मृत्यु भएको सिडिसिले जनाएको छ ।

सम्बन्धित समाचार