१४ वर्षीया एक बालिकाले छोरा जन्माइन्

164 Shares

धनगढी, १० माघ । बेलौरी नगरपालिका वर्डा नं. ८ को कलकत्ता ३ माघमा १४ वर्षीय एक बालिकाले छोरा जन्माएको घटना सार्वजनिक भएको छ ।
बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले एक बालिकाले शिशुलाई जन्म दिएको कुरा ढिलोगरी मात्र बाहिर आएको हो ।
बालिकाको गर्भवती रहेको परिवारले थाहा पाइसकेको रहेछ तर शिशु जन्मिएपछि पनि आमाबुवाले घटना लुकाउन छोरीलाई दैनिक जसो स्कुल पठाउने काम गरिरहेका छन् । उपप्रमुख चौधरीले भने, गाउँमा बुहारीको बच्चा हो भनेर देखाउन खोजे पनि स्थानीयले बालिकाले अवैध रुपमा शिशु जन्माएको थाहा पाएपछि घटना सार्वजनिक भएको छ ।
उनकाअनुसार बालिकाले जन्म दिएको शिशु कसको हो ? भन्ने खुलेको छैन । ईलाका प्रहरी कार्यालय बेलौरीका अनुसार स्थानीय बासिन्दाको दबाब पछि बालिकाका आमाबुवा भारतीय नागरिक विरुद्ध किटानी जाहेरी दिएका छन् ।
प्रहरीका अनुसार ती भारतीय नागरिक नातामा उनका भिनाजु पर्छन् । गत वैशाखमा विवाह गर्ने भन्दै भारत भगाएर लैजाने क्रममा सीमा क्षेत्रबाट बालिकाको उद्धार गरिएको दाबी गरिएको छ ।
अहिले बालिकालाई शिशु सहित परिवारको जिम्मा लगाइएको छ । प्रहरीले भारतीय नागरिकको शिशु भएको दाबी गरेपनि स्थानीयले भने वास्तविक दोषीलाई उन्मुक्ति दिन आर्थिक चलखेल गरिएको आरोप लगाएका छन् ।

सम्बन्धित समाचार