युवक र युवती मृत फेला

146 Shares

झापां, १० माघ । झापामा एक जना युवक र एक जना युवती मृत फेला परेको छ ।
आज बिहान कचनकवल गाउँपालिका वर्डा नं. ४ केचनामा एक युवक र एक युवती मृत भेटिएको प्रहरीले जनाएको हो ।
एभरेष्ट चिया बगानमा उनीहरू मृत भेटिएका हुन् । दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झपाका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।
डिएसपी पाठकका अनुसार युवक अन्दाजी २५ र युवती १८ वर्षकी छन् । अहिले घटनास्थलमा प्रहरी टोली पुगेको छ ।

सम्बन्धित समाचार