त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा घुस प्रकरण बारे अख्तियारलाइ सूचना

99 Shares

काठमाडौं, १० माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा घुस प्रकरण बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई केही दिन अघि सूचना प्राप्त भएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा घुस लिएर प्रवेश पास बनाइने गरेको गैर कानुनी कार्य भइरहेका थिए । त्यस कार्यमा विमानस्थल नागरिक उड्डयन कार्यालयका आन्तरिक टर्मिनल व्यवस्थापना शाखा प्रमुख पूर्णप्रसाद चुडाल नै संलग्न भएको अख्तियारको आशंका थियो ।
आयोगका एक जना अनुसन्धान अधिकृतका अनुसार त्यही अनुसार सोमबार अपराह्न एक जना सेवाग्राही चुडाल कहाँ प्रवेश पास बनाइदिन भन्दै पुगेका थिए ।
आयोगका अनुसार विमानस्थलको आन्तरिक टर्मिनलसम्म आवतजावत गर्न सहजीकरण गर्ने गरी पास बनाइदिन उनले प्रतिमहिना १० हजार रुपैयाँका दरले २०७८ कात्तिकदेखि १५ महिनाको एकमुष्ठ रकम एक लाख ५० हजार रुपैयाँ मागेका थिए ।
अधिकृतहरु सँग पहिल्यै सम्पर्क गरेका सेवाग्राही डेढ लाख रुपैयाँ बोकेर उनको कार्यकक्षमा छिरेका थिए । आयोगका एक जना प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा गएको टोलीले ती रकमको नम्बर पहिल्यै नोट गरेको थियो ।
आयोगका एक अधिकृतका अनुसार बरामद ८ लाख रुपैयाँको स्रोत चुडालले खुलाउन सकेका छैनन् । घुसवापतको रकम कसरी गायब भयो भन्ने विषयमा मंगलबारबाट विस्तृत अनुसन्धान हुने अधिकृतहरु बताउँछन् । ‘क्यान्टिनतिरबाट कर्मचारीले नै गायब बनाएको जस्तो छ’, एक अधिकृतले भने, ‘अनुसन्धानका क्रममा त्यो पनि खुलिहाल्छ ।’
झापाको बाह्रदशी गाँपालिका वर्डा ६, रुप्चनबाडी घर भएका चुडाल नवौं तहका कर्मचारी हुन् । उनी यसअघि झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख थिए । आयोगका कर्मचारीहरुका अनुसार उनले झापामा विभिन्न व्यवसायमा पनि लगानी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

सम्बन्धित समाचार