लागूऔषध सहित युवक पक्राउ

   माघ १०, २०७९  
187 Shares

धनगढी, १० माघ । कञ्चनपुरमा लागूऔषध सहित एक युवक पक्राउ परेको छ ।
पुनर्वास नगपालिका वर्डा नं. १ मा टक्काबाट इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीको टोलीद्वारा लागूऔषध सहित बेलौरी नगरपालिका वर्डा नं. ३ का २८ वर्षीय रामअवतार राना पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले रानालाई बेलौरी–धनगढी हुलाकी सडकखण्डमा जाँच गर्ने क्रममा सु.प.प्र. ०१०१० प ३३५० नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको जानकारी दिए ।
उनकाअनुसार रानाको साथबाट ४ दशमलव ५८ ग्राम खैरो हेरोइन बरामद गरिएको छ । रानालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै