तराई टप संवाददाता
नेपालगञ्ज, १२ वैशाख । बाँकेको सदरमुकाम नेपालगञ्ज स्थित भेरी अञ्चलको कोभिड अस्पतालमा कोरोना संक्रमित विरामीहरु जिवन रक्षाको लागि चिकित्सक एवं सरकार संग हार गुहार चित्कार लगाइरहेको छ ।
भेरी अञ्चल अस्पतालको आईसीयु वार्डमा अक्सिजन सपोर्ट सिष्टममा उपचार गराइरहेका विरामीहरु चिकित्सक र सरकार संग जिवन रक्षाको लागि गुहारीरहेका छन् । आईसीयुमा रहेर उपचार गराइरहेका विरामीको अभिभावकले “मरो कलेजोको टुक्रा, मेरो मुटुको टुक्रा” भन्दै जिवन रक्षाको लागि गुहार चित्कार गरिरहेको सुनिएको हो ।
उनी बोलिरहँदा बेडमा रहेका अन्दाजी २५ वर्षका युवाको शरीर अनियन्त्रित थियो । अक्सिजन सपोर्टमा छट्पटाइरहेका ती युवक आफ्नो भएभरको सम्पती खर्चेर बाँच्नको लागि संघर्ष गरिरहेका थिए । रातो कुर्ता सलवारमा भएकी ती महिलाको भावविहल भई ठूलो संकट आईपरेको छ अव भगवान तपाईकै एक मात्र सहारा हो भन्दै रुदै थिए ।
भेरी अञ्चल अस्पतालको आईसीयूमा शनिबार देखिएको यो सानो दृश्य मात्रै हो । १८ जना गम्भीर किसिमका कोरोना संक्रमित राखिएको उक्त आईसीयू वार्डमा शनिबार मात्रै चार संक्रमितको मृत्यु भएको थियो । सोही अस्पतालका अन्य वार्डमा गरेर गत दुई दिनमै १२ जना संक्रमितले ज्यान गुमाए ।