नेकपा माओवादी केन्द्रको बैठक माघ १२ गते

   १० माघ २०७९, मंगलवार १६:१६  

काठमाडौँ, १० माघ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक माघ १२ गते बिहीबार बिहान ११ बजे बस्दै छ ।
साङ्गठनिक र भावी योजनाका विषयमा पार्टी बैठकमा गम्भीर छलफल गर्ने तयारी गरेको हो । ‘हामीले सङ्गठनको योजना बनाएर जाने तयारी गरेका छन् ।
कतिपय जनवर्गीय सङ्गठनको भेला, सम्मेलन, सङ्गठन पुनर्गठन गर्ने छौँ’ पार्टी कोषाध्यक्ष श्रीराम ढकालले भने, ‘प्रदेश र जिल्लाका बैठकहरू आयोजना गरेर सङ्गठनलाई गतिशील बनाउनु पर्ने छ । सदस्यता वितरणको कार्यलाई अगाडि बढाउने छौँ ।’
पार्टीको कार्य विभाजन समेत नभएकाले बैठकबाट गरिने ढकालले बताए । पार्टीमा पछिल्लो समय वैचारिक राजनीतिक प्रशिक्षण हुन नसकेकाले त्यसलाई समेत अघि बढाउने योजना बनाएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै