म्याच फिक्सिङ प्रकरणमा दुई खेलाडी पक्राउ

   १० माघ २०७९, मंगलवार १६:२२  

काठमाडौँ, १० माघ । म्याच फिक्सिङ प्रकरणमा पक्राउ परेका दुई खेलाडीविरुद्ध जिल्ला अदालत काठमाडौँमा ५ दिनको म्याद थप भएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार राष्ट्रिय खेलकुद विकास अन्तर्गतको कसुरमा मंगलबार अदालतबाट ५ दिनको म्याद लिइएका हुन् ।
टी–टवान्टी लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’मा संलग्न रहेको आरोपमा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी मेहबुव आलम र नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका थिए ।
प्रारम्भिक अनुसन्धानबाट टी–टवान्टी लिग क्रिकेटको व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनी सेभेन–३ स्पोर्टका सञ्चालक फिक्सिङमा संलग्न रहेको आशंका गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै