महिला केन्द्रित फिल्ममा रेखा थापा र पूजा शर्मा

   १० माघ २०७९, मंगलवार १६:२३  

काठमाडौं, १० माघ । केही दिनयता सामाजिक संजालमा रेखा थापा र पूजा शर्मा सँगै भएका तस्बिर देखिएका छन् ।
फिल्म लेखक शिवम अधिकारी र वितरक करण श्रेष्ठ लगायत उक्त तस्बिर पोष्ट गरेका हुन् । तर रेखा र पूजासँगै देखिनुलाई उनीहरुले नयाँ प्रोजेट एकसाथ गर्न लागेको अनुमान गर्न थालिएको छ ।
स्रोतका अनुसार रेखा र पूजा चैत्र महिना देखि नयाँ फिल्म बनाउने तयारी गर्दै छ । यसका लागि कथा लेख्ने काम धमाधम चलिरहेको छ ।
फिल्ममा ३ जना महिला चरित्र माथि बन्ने छ । जसमा रेखा र पूजा लिड भूमिकामा हुने छन् भने एक अभिनेत्री पनि फिल्मका लागि भित्रिने छिन् ।
नेपालमा महिला केन्द्रित फिल्म कम बनिरहेका छन् । सोही कारण पनि रेखा र पूजाले यस्तो फिल्म बनाउन लागेको बताइन्छ । फिल्मको निर्देशकदेखि अन्य पक्ष फाइन हुन बाँकी छ । फिल्मको बितरण करणले गर्नेछन् ।
पूजा र रेखाले केही अगाडि पनि फिल्म बनाउने तयारी गरेका थिए । तर तयारीकै क्रममा उक्त प्रोजेक्ट रोकिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै