‘जीवनसाथी’ फिल्म शुक्रबारदेखि प्रदर्शन

   माघ ११, २०७९  
191 Shares

काठमाडौँ, ११ माघ । फिल्म ‘जीवनसाथी’ अगामी शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ ।
दिपक तामाङ लामाको निर्देशनमा रहेको फिल्मको मुख्य भूमिकामा किशोर खतिवडा, अर्जुन गुरुङ, जयकिसन बस्नेत, सानिया खानलगायतको अभिनय रहेको हो ।
प्रिन्सराज श्रेष्ठ, भरत कुमार मल्ल, दीपक तामाङ लामाको निर्माण रहेको फिल्म फायर इन्टरप्राइजेज प्रा.लि. र सिन्का फिल्म प्रोडक्सन प्रा.लिले निर्माण गरेका थिए ।
भरतकुमार मल्लको प्रस्तुति रहेको फिल्म मुलुक बाहिर मलेसिया, फ्रान्स, पोर्चुगल, जापानमा समेत विशेष प्रदर्शन हुने निर्देशक लामाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै