98
Shares
काठमाडौं, ११ माघ । उपप्रधान र गृहमन्त्री रवि लामिछानेले इलामका प्रेम प्रसाद आचार्यले ‘सन्तोष’ को आत्मदाहको निर्णय हिजो देखि निराशा र पीडाको परिणाम भएको बताएको छ ।
आचार्यले मृत्यु हुनु अघि लेखेको नोटमा लामिछाने सहित नयाँ सांसदहरुलाई सम्बोधन गरेर कसैले नदेखेको तर जनतालाई पिल्साएको मुद्दाहरु आँखा च्यातेर केलाउनुस समाधान गर्नुस भनेका थिए ।
लामिछानेको पार्टीबाट स्वास्थ्य राज्यमन्त्री बनेकी डा. तोशिमा कार्की मंगलबार साँझ अस्पताल पुगेको बेला पनि उनले लामिछानेलाई आफ्नो बारेमा भनिदिन भनेका थिए ।
दुःख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरुको आगमनले समेत तपाईंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन, लामिछानेले भनेका छन् ।