राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा आज मनोनयन दर्ता

   ११ माघ २०७९, बुधबार १४:५२  

भालुवाङ, ११ माघ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा आज मनोनयन दर्ता भएको छ ।
माघ २५ गते राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतदान कार्यतालिका सार्वजनिक भएको थियो । सोही अनुसार आज मनोनयन दर्ता हुँदैछ ।
नेकपा एमाले बाट राष्ट्रियसभा सदस्य बनेका रुपन्देहीको खिमलाल भट्टराईले प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न राष्ट्रिय सभाबाट राजीनामा दिए । उनको पद रिक्त भएपछि उपनिर्वाचन मार्फत राष्ट्रिय सभा सदस्य चयन गर्न लागिएको हो । एमालेबाट कुमार दसौदीले मनोनयन दर्ता गर्दै छन् ।
नेपाली कांग्रेसले भने उम्मेदवारको टुङ्गो लगाउँदै छ । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष गरी तीन सय पाँच मतदाता छन् । माघ १२ गते उम्मेदवारबारे उजुरी दिने, माघ १३ र १४ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ तथा माघ १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै