२१ गतेदेखि विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता

   माघ ११, २०७९  
161 Shares

कैलाली, ११ माघ । कैलालीको धनगढी स्थित क्रिकेट मैदानमा यही माघ २१ गतेदेखि विद्यालयस्तरीय यु–१९ टी–२० क्रिकेट प्रतियोगिता हुने छ ।
लिटल फ्लावर प्रिमियर लिग एलपीएल–७ सातौँ संस्करणको उक्त प्रतियोगितामा १० विद्यालय सहभागिता रहेको हो । सहभागी विद्यालयलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रत्येक टोलीले लिंग चरणमा चार–चार खेल खेल्नु छ । समूह विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्ने छन् । उद्घाटन खेल लोटस आइ अत्तरिया र सत्यवती एकेडेमी अत्तरियाबीच हुने छ । आगामी फागुन ६ गते फाइन खेल हुने आयोजक लिटल फ्लावर स्पोर्टस एण्ड इभेन्टसका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।
प्रतियोगिताको विजेतालाइ रु दुई लाख ५१ हजार एक सय ११ र उपविजेतालाइ रु एक लाख २५ हजार पाचँ सय २५ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाइ रु २० हजार तथा उत्कृष्ट बलर र ब्याटरले रु १०÷१० हजार पुरस्कार प्राप्त गनेछन् । उदीयमान खेलाडीलाई रु पाँच हजार र प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’ लाई रु दुई हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै