दुई वर्षको निलम्बनपछि कंगना रनौत टवीटरमा फर्किएकी ‘इमर्जेन्सी’को प्रदर्शन मिति घोषणा

163 Shares

मुम्बइ, ११ माघ । दुई वर्षको निलम्बनपछि बलिउड अभिनेत्री कंगना रनौत टवीटरमा फर्किएकी छिन् ।
टवीटरमा फर्कनासाथ उनले आफ्नो आगामी फिल्म ‘इमर्जेन्सी’को प्रदर्शन मिति घोषणा गरेकी छिन् । प्लेटफर्मको सामुदायिक नियम पालना नगरेको र घृणाका अभिव्यक्तिलाई प्रोत्साहन दिएको भन्दै कंगनाको टवीटर हयान्डललाई सन् २०२१ मा निलम्बन गरिएको थियो ।
घृणित आचरण र अपमानजनक व्यवहार नीतिको बारम्बार उल्लंघनको लागि स्थायी रूपमा निलम्बन गरिएको छ । हामी हाम्रो सेवामा सबैका लागि विवेकपूर्ण र निष्पक्ष रूपमा ट्वीटरका नियमहरू लागु गर्छौ ।
कंगना अहिले ट्वीटरमा फर्किन सफल भएकी छिन् । फर्किएपछिको पहिलो ट्वीटमा उनले लेखेकी छिन्, ‘सबैलाई नमस्कार, यहाँ फर्केर पाउँदा खुसी लाग्यो ।’ उनका धेरै फिल्मी साथी र उनका फ्यानले टिप्पणी सेक्सनमा उनलाई फिर्ता भएकोमा स्वागत गरेका छन् । एजेन्सी ।

सम्बन्धित समाचार