बागमती प्रदेशको मन्त्रीहरुको टुंगो लागे

140 Shares

हेटौंडा, ११ माघ । बागमती प्रदेशको मन्त्रीहरुको टुंगो लागेको छ । प्रदेशमा एमाले र माओवादीले ४÷४ राप्रपाले ३ मन्त्रालय पाउने सहमति भएअनुसार दलहरुले आ–आफ्ना मन्त्रीको नाम टुंगो लगाएका हुन् ।
नेकपा एमालेबाट मकवानपुरका एकालाल श्रेष्ठ श्रम रोजगार यातायात, ललितपुरका रामेश्वर श्रेष्ठ स्वास्थ्य र काठमाडौंका केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री बन्ने भएका छन् ।
एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया यसअघि आर्थिक मामिला तथा योजना मन्त्री भैसकेका छन् । यसैगरी माओवादीबाट सिन्धुलीका गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानून, सिन्धुपाल्चोकका युवराज दुलाल भौतिक पूर्वाधार विकास र मकवानपुरका कुमारी मोक्तान सामाजिक विकास मन्त्री बन्ने भएका हुन् ।
उनले यसअघि विना विभागीय मन्त्रीको रुपमा सपथ लिएका थिए । नवनियुक्त मन्त्रीहरूको सपथ दिउँसो २ बजेलाई राखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार