ठगी गरेको आरोपमा एक जना पक्राउ

   ११ माघ २०७९, बुधबार १४:५६  

काठमाडौँ, ११ । क्रोएसिया पठाउँछु भनेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको मधुमल्ला घर भइ हाल काठमाडौँ स्थित सिनामंगल बस्ने २९ वर्षीय साहिल बस्नेत रहेको हो ।
बस्नेतलाई ठगी गरेको आरोपमा सिनामंगलबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए ।
क्रोएसियामा प्रतिष्ठित फुड प्याकिङ कम्पनीमा जागिर मिलाइदिन्छु भनेर उनले विभिन्न व्यक्तिहरूबाट ८ लाख ४० हजार ठगेको आरोपमा पक्राउ परेको छ एसपी कोइरालाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै