नेपाली खेलाडी सुष्मा तामाङ फाइनलमा पराजित भइन्

173 Shares

काठमाडौं, ११ माघ । एसियन बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सुष्मा तामाङ फाइनलमा पराजित भएकी छिन् ।
एसियन बक्सिङ कन्फिडरेसनको मान्यता प्राप्त प्रतियोगितामा नेपालले रजत जितेको यो पहिलो पल्ट हो । सुष्मा बुधबार भएको ४८ केजी तौलसमूहको फाइनल प्रतिस्पर्धामा उज्वेकिस्तानकी फोजिलोभा फार्जोना सँग पराजित भएकी थिइनन् ।
यसअघि उनले क्वाटरफाइनलमा भियातनामकी फाम थी किनहान र सेमिफाइनलमा मंगोलियाकी बाइसेनबाई जनरगुलीलाई पराजित गरी ऐतिहासिक रुपमा फाइनलमा पुगेकी थिइन् ।
थाइल्याण्डको बैंककमा भइरहेको प्रतियोगितामा फरक तौल समूहका ३ पुरुष र ३ महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालका अन्य तीन खेलाडीले कांस्य पदक जितेका छन् ।

सम्बन्धित समाचार