zoom download for pc windows 10 pro 64 bit download zoom classroom zoom desktop download windows 10 how do you test audio on zoom app install zoom for all user profiles

व्रम्हपुरीमा आगलागी हुँदा ५ लाखको क्षति, एक जना घाइते

   १२ बैशाख २०७८, आईतवार १५:३५  

 

तराई टप संवाददाता
व्रम्हपुरी(रौतहट), १२ वैशाख । राजदेवी नगरपालिकाको व्रम्हपुरी स्थित एक घरमा शनिवार राति अचानक आगलागी हुँदा करिव पाँच लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
राजदेवी नगरपालिका वडा नम्बर ९ ब्रहम्पुरी बस्ने नारायण दासको गोठमा गएराति ११ बजे को समयमा अचानक आगलागी हुँदा उक्त मुल्य बराबरको धममाल जलेर नष्ट भएको पिडित परिवारले जनाएको हो ।


दासको गोठमा रहेको भैसी १, पाडी १ र बाख्रा खसी ५ गरी सात वटा पशुचौपाया सहित गोठमा रहेको अन्न कपडालत्ताहरु आगलागीमा जलेर पूर्ण रुपमा नष्ट भएका छन् भने आगलागी हुनुको कारण अहिले सम्म खुलेको छैनन् । दासको घरमा आगलागी भएपछि स्थानीयहरु संगै निजका भाई शम्भु दास आगो माथि नियन्त्रण गर्दा उनको दुवै हात पोलेर सामान्य घाईते भएपछि तत्कालै स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको तथा थप मानविय क्षति हुनबाट जोगाइएको व्रम्हपुरीको समाजसेवी नविनकुमार सिंहले बताए ।
आज विहानै राजदेवी नगरपालिकाको मेयर धिरेन्द्र सिंह सहितको टोली घटनास्थलमा पुगेर पिडित परिवारलाई स्थानीय विपद व्यवस्थापन समिति तथा व्यतिगत रुपमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी दिदै समाजसेवी नविन सिंहले आगलागी हुनुको कारण सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको तथा पिडित दास परिवारलाई सहयोग गरेर मानविय सहायता गर्न नगरवासी संग उनले अपिल गरे ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै