भारतद्धारा मालदिभ्सलाई समुद्री एम्बुलेन्स उपहार स्वरुप प्रदान

254 Shares

नयाँ दिल्ली, एजेन्सी । भारतले मालदिभ्सलाई समुद्री एम्बुलेन्स उपहार स्वरुप प्रदान गरेको छ ।
भारतीय सहयोग कार्यक्रम अन्तर्गत मालदिभ्सलाई दुई वटा समुद्री एम्बुलेन्स हस्तान्तरण गरिएको भारतीय समाचार संस्था एएनआईल जनाएको हो । मालदिभ्सको नूनु मनाढुमा आयोजित एक कार्यक्रम मार्फत् मालदिभ्सको रक्षा मन्त्रालयलाई उक्त सहयोग स्वरुप उपहार हस्तान्तरण गरिएको छ ।
एम्बुलेन्स हस्तान्तरण समारोहमा भारतीय विदेशमन्त्री एस जयशंकर र उनका मालदिभियन समकक्षी अब्दुल्ला शाहिद सहभागी रहेको बताइएको छ । भारतले उपलब्ध गराएका एम्बुलेन्स ६२ लाख मालदिभियन रकम बराबरको रहेको जनाएको छ । भारतीय सहयोगबाट मुलुकको स्वास्थ्य सेवा सुदृढ हुने मालदिभ्स सरकारले जनाएको छ ।
मालदिभ्सको सरकारले विज्ञप्ति जारी गर्दै समुद्री एम्बुलेन्सबाट बिरामीलाई उपचारका लागि एक टापुबाट अर्को टापुमा लैजान सहज हुने जनाएको छ ।

सम्बन्धित समाचार