वासिंगटन । जासुसीको आरोपमा एक चिनियाँ नागरिकलाई अमेरिकामा आठ वर्ष जेल सजाय सुनाइएको छ । हवाई क्षेत्रको व्यापारको तथ्यांक चोरी गर्ने चिनियाँ प्रयाससँग संलग्न मुद्दामा उनलाई सजाय सुनाइएको हो । ३१ वर्षीय जी चाओकुनले यसका लागि वैज्ञानिक र इन्जिनियरहरुको पहिचान गर्ने काम गरेको अमेरिकी डिपार्टमेन्ट अफ जस्टिसले जनाएको छ । उनले सो तथ्यांक जियाङ्सु प्रान्तको मिनिस्ट्री अफ सेक्युरिटीलाई उपलब्ध गराएको आरोप छ । उनी ढाँटेर अमेरिकी आर्मीको रिजर्भ फोर्समा भर्ना भएको पनि उल्लेख गरिएको छ ।
जीले चीनको गुप्तचर विभागको विशेष युनिटको निर्देशनमा काम गर्ने गरेको अमेरिकाको आरोप छ । गत सेप्टेम्बरमा उनलाई विदेशी सरकारको एजेन्टको रुपमा काम गरेकोमा दोषी करार गरिएको थियो । जी एक दशकअघि विद्यार्थी भिसामा अमेरिकामा प्रवेश गरेको डिपार्टमेन्टले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । –बीबीसी
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन