पाकिस्तानको क्वेटामा ग्यास चुहावटका कारण बालबालिका सहित १६ को मृत्यु

   १२ माघ २०७९, बिहीबार १६:४३  

इस्लामाबाद, एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा सहरमा गत एक हप्तामा ग्यास चुहावटका घटनामा बालबालिका सहित कम्तीमा १६ जनाको मृत्यु भएको छ ।
बुधवार क्वेटाको किल्ली बडेजाइ क्षेत्रमा ग्यास चुहावटले विस्फोट गराए पछि माटोको पर्खालले भरिएको घरभित्र एकै परिवारका चार बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा दुई महिला पनि घाइते भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै