माधवकुमार नेपालद्धारा गौरमा “विपी स्मारक तथा घण्टाघर” को शिलान्यास

रौतहट, १२ माघ । नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विहिवार गौरमा “विपी स्मारक तथा घण्टाघर” को शिलान्यास गर्नु भएको छ ।
गौर नगरपालिकाको नगर स्तरिय विकास बजेटबाट एकिकृत समाजवादीका राष्ट्रिय अध्यक्ष नेपालले आज एक समारोहका विच गौर नपाको विपी चोक स्थित पार्कमा “विपी स्मारक तथा घण्टाघर” को शिलान्यास गर्नु भएको हो ।
पूर्व प्रधानमन्त्री नेपाल संगै नेपाली काँग्रेसका मधेश प्रदेशका सभासित एवं संसदीय दलका नेता कृष्णप्रसाद यादव, प्रदेश साँसद नागेन्द्र साह, गौर नगरको प्रमुख शम्भु साह, नेकपा एसका नेता रामकुमार भटराई, सरला यादव लगायतका गौरका वुद्धिजिवी, समाजसेवीहरुको उपस्थित रहेका थिए ।
१ करोड ७२ लाखको लागतमा निर्माण हुने “विपी स्मारक तथा घण्टाघर” संगै मधेश आन्दोलनको क्रममा रौतहटमा सहादत प्राप्तगरेका सहिदहरुको प्रतिमा स्थापित गराइने बताइएको छ ।


