सबैको सहमतिमा राष्ट्रपतिको उम्मेदवार भएमा सन्तुलन हुने–माधवकुमार नेपाल

   १२ माघ २०७९, बिहीबार १७:३८  

रौतहट, १२ माघ । नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दलिय भागबण्डा नभई सबैको सहमतिमा राष्ट्रपतिको उम्मेदवार चयन हुनुपर्ने बताए ।
रौतहट सदरमुकाम गौरमा विहिवार “विपी स्मारक तथा घण्टाघर” को शिलान्यास पश्चात तराई टप नेपाली अनलाईन संग कुरा गर्दै उनले यक्त धारणा बताएको हो ।
दलिय भागबण्डामा सन्तुलन विग्रन सक्ने भएको हुँदा सबै दलको छलफल पछि एक ढिक्का भएर राष्ट्रपतिको उम्मेदवार बनाएमा राम्रो हुने बताए । सत्ताधारी दलको धारणा के छ, तिनिहरुबाट मात्रै हो त्यसमा मलाई केही भन्नु छैनन् तर देश विकास र अग्रगमनको दिशामा अघि बढ्न सबैको सझा उम्मेदवार भएमा मात्रै उपयुक्त हुने स्पष्ट पारे ।
प्रधानमन्त्री प्रचण्डले तपाई संग राष्ट्रपति उम्मेदवारको बिषयमा कुरा भएको छ कि छैन प्रश्नको जवाफमा अध्यक्ष नेपालले म संग अहिले कुनै कुरा नभएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै