कुलोमा डुवेर १८ बर्षिय किशोरको मृत्यु

राधेश्याम कुशवाहा
सर्लाही, १२ माघ । सर्लाहीको हरिपूर्वा नगरपालिकामा बिहीबार एक किशोरको कुलोमा डुबेर मृत्यु भएको छ ।
हरिपूर्वा नगरपालिका वडा नम्वर ९ बसन्तपुर पछियारी टोल बस्ने १८ वर्षीय ललन राय यादवको बोरिङबाट सिचाइँ गर्न बनाइएको कुलोमा डुबेर मृत्यु भएको हो । बिहीबार बिहान घर नजिकैको कुलोभित्र युवकलाई मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
घटनास्थलको प्रकृति मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।